पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको ज्या-न गएको छ । चार जना अझै बे-पत्ता रहेका प्रहरीले जनाएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको श-व निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनएका छन् ।
http://googlepokhara-com.stackstaging.com/covid-pokhara/
प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको श-व निकालिएको हो । चार जना बे-पत्ताको खोजि भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/public-bus-sewa/
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाइएकोमा थप उपचारका लागि पोखरा ल्याईएको छ । घ-टनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् ।




