गण्डकी प्रदेशमा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको ७५६ नमुना परिक्षणमा ५६ जनमा कोरोना संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएका ७ सय नमुनाको नतिजा नेगेटिभ आएको छ ।
विवरण अनुसार तनहुँमा सवैभन्दा धेरै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कास्कीमा १४, बाग्लुङमा १०, स्याङ्जामा ६, लमजुङमा ५, पर्वतमा ४, नवलरपुरमा १ र म्याग्दीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६१ जना डिस्चार्ज भएका छन् ।
हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५७९ पुगेको छ भने, २ हजार ३ सय २९ जना निको भएका छन् । ३२ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा १ हजार २१८ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार