गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा गण्डकीका विभिन्न जिल्लाहरुमा एकै पटक २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकामा ९ जना, तनहुँको भिमाद र व्यास नगरपालिकामा ४ जना, लमजुङको मध्यनेपालमा ५ जना, बाग्लुङको बडिगाड र बाग्लुङ नगरपालिकामा २ जना, स्याङजाको वालिङ नगरपालिका, नवलपुर र म्याग्दीमा १–१ जना तथा गल्याङ नगरपालिकामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमतिको संख्या ३ हजार ५ सय ४८ पुगेको छ । कास्की र लमजुङका व्यक्तिहरु कन्ट्याक टे«सिङ र अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए ।




