आज नेपालमा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ९ हजार ५३३ नमुना परीक्षणमा ४१८ महिला र ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-30/
आज मात्र १६ जनाको मृत्यु भएको छ । हालसम्म ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १००५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय बढि मानिसहरु क्वारेन्टिनमा रहेका छन् भने १७ हजार ६११ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/samajek-sewa-dewas/
नेपालमा आईसीयूमा १९६ र भेन्टिलेटरमा ३१ जनाको उपचार भैरहेको छ । विश्वभर भने कोरोना संक्रमणका कारण ९ लाख ६५ हजार बढिको मृत्यु भएको छ । संक्रमितको संख्या ३ करोड १२ लाख पुगेको छ ।




