गण्डकी प्रदेशमा आज ४१ जना नयाँ संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा प्रदेशका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/samajek-sewa-dewas/
६७० नमुना परिक्षण गरिएकोमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १०६ जना डिस्चार्ज भएका छन् । आज तनहुँमा सवैभन्दा धेरै १७ जनामा कोरोना देखिएको छ भने बाग्लुङको ढोरपाटन नगरपालिकामा १४ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/dr-kc-2/
यता कास्कीमा ७ जना, स्याङ्जामा २ जना र गोरखामा १ जनामा पनि कोरोना संक्रमण भएको हो । हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४७९ पुगेको छ । संक्रमितहरु मध्ये ३२ जनाको मृत्यु भएको छ भने, २२१९ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार