सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जनाकारी दिएका छन् । आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक भोली दिउँसो १२ः३० बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जनाकारी दिए ।
http://googlepokhara-com.stackstaging.com/covid-death-19/
उनले सामाजिक संजाल मार्फत पेरिसडाँडामा बस्ने भनिएको आजको केन्द्रिय सचिवालयको बैठक भोली बालुवाटारमा बस्ने गरि स्थगित गरिएको जनाएका हुन् । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।
http://googlepokhara-com.stackstaging.com/domestic-airlines-sewa/




