कास्कीको पोखरा महानगरपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ६ जना नेपाल प्रहरी सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/lamjung-covid-3/
संक्रमित प्रहरीहरु पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. २२ का २२ वर्षीय एक पुरुष, पोखरा १७ का १ जना महिला र १ जना पुरुष, पोखरा ७ का १ जना पुरुष, पोखरा ६ का २ जना र पोखरा २३ का ४४ वर्षीय एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसअघि आजै पोखरा महानगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
http://googlepokhara-com.stackstaging.com/inc-youth-milan/
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ३८ जना पुगेको छ ।




