लमजुङको सुन्दरबजार नगरपालिकाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा सुन्दरबजार नगरपालिकाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुन्दरबजार नगरपालिका वडा नं.९ मा ५ पुरुष र ८ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।
http://googlepokhara-com.stackstaging.com/inc-youth-milan/
सुन्दरबजार नगरपालिका वडा नं.९ का ४२,५५,१४,२५ र ६ वर्षीया बालक सहित ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै १० देखी ४१ वर्षका ८ जना महिलाहरुमा समेत कोरोना पुष्टि भएको छ । यस्तै सुन्दरबजारको वडा नं. ६ र १० का १–१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-covid-add-13/
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ३८ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार