स्वतन्त्र राष्ट्रिय युवा अभियानका कास्की जिल्ला संयोजक मिलन कुमार थापालाई कुवंर मिलन नारी समाज रामबजार पोखराले स्वागत सहित सम्मान गरेको छ । संगमहल रामबजारमा आयोजित एक कार्यक्रममा बीच संयोजक थापालाई सम्मान गरिएको आमा समुहकी अध्यक्ष सिता कुवंर थापाले जानकारी दिईन् ।
http://googlepokhara-com.stackstaging.com/pokhara-covid-add-13/
थापालाई स्वतन्त्र राष्ट्रिय युवा अभियानका कास्की जिल्लाको संयोजकमा चयन भएको अवसरमा सम्मान गरिएको थापाले बताईन । अभियान मार्फत थापाले युवाहरुलाई एकिकृत गरि समाजसुधारका कार्यहरु गर्ने आमा समुहले विश्वास लिएको आमा समुहकी सचिव अस्मिता कुवंर थापाले बताईन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-51/
सो कार्यक्रममा बोल्दै संयोजक थापाले असल राजनीतिक नेतृत्वको अभावका कारण समाजमा विभिन्न प्रकारका विकृति र विसंगतिहरु मौलाईरहेको बताए । युवाहरुलाई सामाजिक कामहरु लगाउने दायित्व बहन गर्दै आफु निष्ठाका साथ सेवामा सर्पपित हुने विश्वास दिलाएका छन् । आमा समहुकी अध्यक्ष सता कुवंर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अस्मिता कुवंर थापाले गरेकी थिइन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-15/
अभियानले राइट टु रिजेक्ट, राईट टु रिकल, उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र र दुइ दलिय व्यवस्था लगायतका विषयहरुमा डृढतापुर्वक होमिन अभियान्ताहरुलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार