गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्इ विज्ञान प्रतिष्ठान पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा थप ५१ जनामा कोरोना भाईरसको संक्रमण फेला परेको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-15/
विवरण अनुसार नवलपुरमा मात्र ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विवरण अनुसार नवलपुरको देवचुलीको वडा नं.७ का ५ जना, हुप्सेकोटको वडा नं.११ का १५ जना, वडा नं.१४ का १० जना, वडा नं.१७ का १ जना, वडा नं. ३ र ४ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/constitutation-day/
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै स्याङ्जाको वालिङ नगरपालिका वडा नं.५ का १ जना र तनहुँको ब्यास नगरपालिका वडा नं. ६ का ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ ।




