कुश्माका एक नेपाल आर्मी सहित गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टिगण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा थप १५ जनामा कोरोना भाईरसको संक्रमण फेला परेको हो । विवरण अनुसार नवलपुरमा मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विवरण अनुसार नवलपुरको बुलिङटारको वडा नं.६ का २ जना पुरुष, हुप्सेकोटको वडा नं.४ का ३ जना, वडा नं.३ का ५ जना र वडा नं.५ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पर्वतको कुश्मामा कार्यरत ३५ वर्षीय एक पुरुष (आर्मी) लाई पनि कोरोना संक्रमण भएको छ ।
यस्तै लमजुङ्को मध्ये नेपाल नगरपालिका वडा नं. ६ का १ जना ४२ वर्षीय पुरुष र स्याङ्जाको फेदिखोलाका २१ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार