गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा थप ७४ जनामा कोरोना भाईरसको संक्रमण फेला परेको हो । विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/pokhara-mun-mou/
पोखरा महानगरपालिमा वडा नं. १५ मा कार्यरत ४० जना प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको उमेर १८ देखी ४५ वर्षसम्म रहेको छ । यस्तै पोखरा ८ का ४ जना, १४ का १ जना, १७ का १ जना, १० का २ जना, पोखरा ४ का २ जना र पोखरा २३ का १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

http://googlepokhara-com.stackstaging.com/pokhara-pradarshan/
यस्तै पोखरा १५ का ५ जना पुरुष (प्रहरी बाहेक), पोखरा ३१ मा ५ जना, पोखरा २७ मा २ जना, २९ का २ जना र ३३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै लमजुङको बेसिशहरमा ५ जना र तनहुँको बन्दिपुरका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।



