गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ३ जना सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-add-gandaki/
निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं. १० का २३ वर्षीय एक पुरुष, पोखरा २७ का १२ वर्षीय एक बालक र पोखरा ९ का ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उता चितवनमा गरिएको परिक्षणमा नवलपुरको गैडाकोट नगरपालिका वडा नं. ११ का ३६ वर्षीय एक पुरुषमा कोरोना देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/pokhara-mun-covid-3/
नवलपुर कै देवचुली नगरपालिका वडा नं. २ का ३२ र ३७ वर्षीय २ जना पुरुष तथा वडा नं. १ की २५ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यता तनहुँको व्यास नगरपालिका वडा नं. ४ का २८ वर्षीय एक पुरुषमा समेत कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ३ हजार २० पुगेको छ । हालसम्म १ हजार ८७८ जना डिस्चार्ज भएका छन् । २९ जनाको मृ-त्यु भएको छ ।



