गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा तनहुँको ऋषिङ गाउँपालिकामा ११ र गोरखाको गोरखा नगरपालिका र पालुङटारका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/pokhara-mun-covid-3/
निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिका वडा नं.५ का ३ जना पुरुष, वडा नं. ६ का १ जना पुरुष, वडा नं. ८ का १ जना पुरुष, वडा नं. २ का ४ जना पुरुष, वडा नं. ३ र ४ का १–१ जना पुरुषमा कोरोना संक्रमण भएको हो । उनिहरुको उमेर १८ देखी ५२ वर्षसम्म रहेको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-world-news-2/
यस्तै गोरखाको गोरखा नगरपालिका वडा नं. १३ का २९ वर्षीय एक महिला र ५२ वर्षीय एक पुरुषमा पनि कोरोना देखिएको छ । गोरखा कै पालुङटार नगरपालिका वडा नं. १ का ५ जना पुरुष र १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटार नपा कै वडा नं. ६ की एक जना महिलामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

http://googlepokhara-com.stackstaging.com/ctwn-covid-19-8/
संक्रमतिहरुको उमेर १३ देखी ५५ वर्षसम्म रहेको छ । यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ । हालसम्म १ हजार ८७८ जना डिस्चार्ज भएका छन् । २८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार