चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको ३१० नमुना परिक्षण मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिकाका मात्र २ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

http://googlepokhara-com.stackstaging.com/inc-nepal-gandaki/
भरतपुर महानगरपालिकाको वडा नं. २, ८, ११ र २८ नं. वडाका २४, २४ वर्षीय पुरुष तथा ५८, ७९ वर्षका महिलामा कोरोना संक्रमण भएको छ । यस्तै सुर्खेतकी ४५ वर्षीय एक महिला, रौतहटकी २६ वर्षीय महिला र धनुषाका ३२ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको अस्पतालकी प्रमुख डा.नितु अधिकारीले जनाकारी दिएकी छिन् ।

http://googlepokhara-com.stackstaging.com/blood-donation-7/
बाँकी ३०३ जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार