गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाइम पिसिआर परिक्षणमा कास्कीका १० सहित गण्डकी प्रदेशमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखरामहानगरपालिकामा १० जना, गोरखाको आरुघाटमा १ जना र नवलपुरको देवचुली नगरपालिकामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीका कोरोना संक्रमतिको संख्या २ हजार ८ सय ६५ पुगेको छ ।
http://googlepokhara-com.stackstaging.com/first-aid-day/
यो पनि पढ्नुहोस्, पोखरामा मृ-त्युपछि संकलन गरिएको स्वाबको नतिजा दा-हसंस्कार पश्चात पोजेटिभ आएपछि त-नाव उत्पन्न भएको छ । पोखराको फस्टिेल हस्पिटलमा उपचाररत पोखरा ५ मालेपाटनकी ४५ वर्षिया महिलाको रिपोर्ट दा-हसंस्कार पश्चात पोजेटिभ आएको हो । उनको दा-हसंस्कारमा कयौ शुभचिन्तकहरु सहभागी भएका बताईएको छ ।
गण्डकी प्रदेशका सांसद रामजी बराल –जीवन), सांसद राजिव पहारी, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, उपाध्यक्ष कृष्ण कुमारी पौडेल दवाडी, पर्यटन व्यवसायीहरु लगाएत उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि रामघाट पुगेका थिए । रिपोर्ट पोजेटिभ आएसंगै ति सवै जनामा चिन्ता थपिएको हो ।उनको धार्मिक परम्परा अनुसार शुक्रबार पोखराको रामघाटमा दा-हसंस्कार गरिएको थियो । उनका श्रीमान पर्यटन व्यवसायी भएका कारण पनि दा-हसंस्कारमा यत्तिका धेरै मानिसहरुको सहभागीता भएको बताईएको छ ।

http://googlepokhara-com.stackstaging.com/ctwn-covid-19-7/



