सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

http://googlepokhara-com.stackstaging.com/karnali-covid-4/
यसअघि निकै लामो समयदेखी नेकपा भित्र एमसिसिका विषयमा फरक मत रहदै आएको थियो । पार्टीमा एक पक्षिय नेता तथा कार्यकर्ताहरु यथास्थितीमा एमसिसि पास गर्न नहुने पक्षमा थिए भने प्रधानमन्त्री केपि शर्मा ओलि लगायतका केही नेता तथा कार्यकर्ताहरु यसको पक्षमा देखिएका थिए ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-test/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार