नेपालमा कोरोना संक्रमितको संख्या १० हजार बढि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका सचिव डा.जागेश्वर गौतमका अनुसार झण्डै ८६ हजार मानिसहरु क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ८ सय ५१ जना आइसोलेसनमा उपचार गराइरहेका छन् ।

अहिलेसम्म २ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ५ सय ३८ जना संक्रमितहरु थपिएका छन् । नेपालमा कोभिड १९ का कारण २४ जनाको मृत्यु भएको छ । बाग्मति अञ्चलको रसुवा बाहेक ७६ जिल्लामा कोेरोना भाइरसको संक्रमण फेला परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार