प्रदेशसभा सदस्य खिमविक्रम शाहीले बजेटले दुर्गम जिल्लाका दुर्गम वस्तिहरुलाई वेवास्ता गरेको टिप्पणी गर्नुभएको छ । प्रदेश सरकारको विनियोजन विधेयकको विषयगत छलफलका क्रममा बोल्दै उहाँले बजेट शहर केन्द्रित भएको बताउनुभयो । प्रदेश सरकारको बजेट जिल्लाको केन्द्र र पालिकाहरुको केन्द्रमा मात्र केन्द्रित गरिएको उहाँले टिप्पणी गर्नुभयो । यसले दुर्गम वस्तिमा बस्ने नागरिकहरुलाई सम्बोधन गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।


साथै उहाँले चलिरहेका कतिपय योजनाहमा समेत बजेट विनियोजन नगरिएको, नदिनियन्त्रणको कार्यक्रम छुटाईएको, जनता आवास कार्यक्रममा लक्षित वर्गलाई प्राथामिकता नदिइएको, तिन वर्षको अवधि सम्मपनि केन्द्रका कुनैपनि योजनाहरु नपारिएको, गाँउमा खानेपानीका समस्याहरु विद्यमान रहेका, चुरेलावासमा खसेको पहिरोका कारण बिजुली बत्ति अवरुद्ध भएपछि सरकारी कामकाजहरु सुचारु हुन नसकेका प्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार