बुटवल–गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका ११ सम्मबारीमा ४ वटा सवारी साधन पहिरोमा पुरिएका छन् । पहिरोमा सवारी पुरिँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार घटनास्थलबाट दुई वटा शव निकालिएको छ भने एक जना घाइतेको उद्दार गरिएको छ ।

अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला दिउँसो अचानक सवारी साधन रोकिए कै स्थानबाट पहिरो खस्दा लु १ क १९२८ नं.को ट्याङकर, लु २ ख १३७६ नं.को मिनी ट्रक, लु १ च ७०११ नं.को अल्ट्रो कार, लु २ त ७०४३ नं. को कुखुरा बोक्ने पिकअप जीप पुरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार