डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनलाई पराजित गर्दै चितवन राइनोजले विजयी सुरुवात गरेको छ । पोखरा रगंशालाको क्रिकेट मैदानमा मंगलबार भएको पोखरा प्रिमियर लिग (पिपिएल) टि—ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत लिगको चौथो खेलमा चितवनले पोखरालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ८ रनको लक्ष्य पाएको चितवनले १४.५ ओभरमा ४ विकेटको क्षेतिमै लक्ष्य पुरा गर्न सफल भएको हो । टस हारेर पनि ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा १ सय ७ रनमै अल आउट भएको थियो । चितवनको जितमा बाबर हायतले अर्ध शतक पुरा गर्न सफल भए । हङकङका पुर्व कप्तान समेत रहेका हायतले ६६ रन जोड्न सफल भए । उनले ४२ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन्। त्यस्तै २ छक्का, एक चौका प्रहार गर्दै सन्नी पटेलले २२ रनको योगदान दिदा रोहन मुस्तफले ११ रन जोडे ।
पोखराका राशिद खान र सर्वजीत लड्डाले समान २÷२ विकेट लिए । पोेखराका कप्तान शरद भेषावकरले ४५ रन जोड्न सफल भए । उनले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका हुन्। कप्तान पारस खड्काले ११ औं ओभरको चौंथो बलमा प्रमुख ब्याट्सम्यान भारतीय रवि इन्दर सिंहलाई १० रनमा आउट गरेपछि पोखरा दबाबमा परेको थियो । उसका लागि बाबरले अविजित ६६ रन बनाए भने सन्नी पट्टेलले २२ रन जोडे । यस्तै रोहन मुस्तफले ११ रन बनाए । कप्तान पारस खड्का भने ४ रनमै आउट भए । पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको थियो । हालसम्म पोखरा, चितवनले समान २ अंक बटुकाछन्। पोखराले दुई खेलमा २ अंक पाउदा चितवनले एक खेलबाट २ अंक प्राप्त गरेको हो । यसैबिच, बुधबार बिहान ९ बजे पछि काठमाण्डौं गोल्डेन र एक्सपर्ट धनगढी बिच पहिलोे खेल हुने भएको छ । त्यसै गरी बुधबार दोश्रो खेल विराटनगर टाइटन्स बिरुद्ध पोखरा पल्टन बिच १२ः४५ बजे खेल हुने भएको छ ।




