१३ औ संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगीता साग अन्तरगत महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाईनल खेलमा भारतले नेपाललाई २ शुन्य गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो । पराजयसंगै महिला फुटबलमा नेपालले भने जत पदकमा चित्त बुझाउनु परेको छ । पुरुष फुटबलको फाईनल भने भोली भुटान र नेपालका बिच दशरथ रंगशालामा हुनेछ ।




