महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री पार्वत गुरुङले सम्मृद्ध नेपाल बनाउन आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमबार दोलखा गुठी लगायतका २१ संघ सस्थाले गरेको सम्मान कार्यक्रममा मन्त्री गुरुङले सरकारले लिएको समृद्ध नेपाल र सुःखी नेपाली बनाउने लक्ष्यमा आफु प्रतिबद्ध रहेको बताउनुभएको हो । मन्त्री गुरुङले आफ्नो जन्मभूमि दोलखाको विकासमा आफु कटिबद्ध भएर लाग्ने जिकिर गर्नुभयो । विगतमा बनेको महिला बालबालिका सम्बन्धी ऐन नीयमहरु परिवर्तन गर्दै आफ्नो मन्त्रालयालाई गतिशीले बनाउने मन्त्री गुरुङले उद्घोष गर्नुभयो । आफु कार्यरत मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउन कुनै कसुर बाकी नराख्ने मन्त्री गरुङको भनाइ छ ।




