मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को तयारी अन्तिम चरणमा पुगेको छ । साग तयारी समिति पोखरा प्रचार प्रसार तथा प्रकाशन समितिको आयोजनामा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सागको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । काठमाण्डौं, पोखरा र जनकपुरमा हुने साग अन्र्तगत २८ वटा खेलहरु पुर्वाधार निर्माणका हिसावले नरोकिने मन्त्री विश्वकर्माले बताएकाछन्। काठमाण्डौंमा साग सम्पन्न गठन भएका १५ र पोखरामा गठन भएका १३ वटा उपसमितिहरुले तयारीलाई तिव्रता दिएको आण्ज्ञछज्ञआफ्नो ढंगबाट जिम्मेवार वहन गरेको मनत्री विश्वश्कर्माको भनाई छ । अब पूर्वाधारको हिसावले तल माथि नहुने उनले दाबी गरे ।
काठमाण्डौंको दशरथ रंगशालाकोे भिआइभि प्यारापिटमा छानो हाल्ने, सात दोवाटोमा रहेको पौडी पोखरीमा हिटिङ सिस्टम जडान गर्ने र पोखरामा हुने महिला फुटवलको लागि फुटवल स्टेडिएमको प्यारापिट निर्माण (ग्राण्ड स्ट्याम जडान) गर्ने र केही दुवो मरेकोले दुवो पुनः रोप्ने काम एक साता भित्र हुने मन्त्री विश्वकर्माले बताए । करिब डेढ बर्षमा संकल्पका साथ लागेर नेपालकै इतिहासमै सवै भन्दा धेरै खेलकुदको पूर्वाधार निर्माण यस बर्ष भएको मन्त्री विश्वकर्माको दाबी छ । २०७२ सालमा हुने साग भूकम्पबाट प्रभावित भए पश्चात दुई बर्ष पछि २०७४ मा हुनु पर्नेमा बक्यौंता जिम्मेवार आफ्नो काधमा आएको ठुलो जिम्मेवारी निकै चुनौती पूर्ण रुपमा पुरा गर्ने भएको उनले जनाए । सागलाई भव्य र र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्णमा आग्रह गर्दै मन्त्री विश्वकर्माले नेपालको इज्जत र प्रतिष्ठासंग जोडिएको साग सम्पन्न गर्न आव्हान गरेका हुन्। नेपालबाट सुरु भएको साग यस पटक तेश्रो पटक नेपालमा हुने भएकोले नेपालले आफ्नो साख जोगाउने गरी पदकमा पनि राम्रो नतिजा ल्याउने उनले जनाए । प्रचार समितिका सह—संयोजक रञ्जन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




