विगत लामो समय देखि अनेरास्ववियु स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेस क्याम्पस कमिटि विहिन रहेको र वर्तमान अवस्थामा क्याम्पस कमिटिको दुइ सङ्गठन (साविक अनेरास्ववियु र साविक अनेरास्ववियु क्रान्तिकारि) विच एकताको कार्यसम्पादन एवम विध्यार्थि हकहितको दैनिक कार्यमा जुट्न समस्या देखिएकाले उक्त कार्यलाइ निचोडमा पुर्याउन आजकै मिति देखि लागु हुने गरि अनेरास्ववियु स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेसको सँयोजकको जिम्मेवारि सोहि सङ्कायका जुझारु विध्यार्थि नेता बिबेक बहादुर बुढालाइ प्रदान गरिएको छ ।

उक्त जिम्मेवारिलाइ कुशलता पुर्वक वहन गर्दै पार्टि एवम सङ्गठनको राष्ट्रिय एकतालाइ मनन गर्दै निरन्तर विध्यार्थि हकहितमा खटिन दिशानिर्देश गर्दै अनेरास्ववियु पोखरा विश्वविद्यालय केन्द्रीय आङ्गिक कमिटिका कार्यवाहक अध्यक्ष सुरज परियारले शुभकामना दिनुभएको थियो । उक्त कार्यको निमित्त सङ्गठनले आफुलाइ योग्य ठान्दै जिम्मेवारि प्रदान गरेकोमा नेतृत्व प्रति आभार प्रकट गर्दै उक्त जिम्मेवारि सङ्गठनको नियमाधिन रहि निरन्तर सङ्घर्ष गर्दै सकरात्मक प्रतिफल निकाल्ने प्रतिवद्दता सम्योजक बुढाले गर्नुभएको थियो । यस निर्णय सङ्ग सङ्गै उक्त सङ्काय भित्र रहेका विभिन्न विध्यार्थिका समस्याहरु समाधान गर्ने एउटा बलियो खम्बा स्थापित भएको भन्दै अनेरास्ववियुका कार्यकर्ताहरुले शुभकामना प्रदान गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार