गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकार अझै पनि स्वायक्त हुन नसकेकोमा गुनासो व्यक्त गरेकाछन्। प्रदेश प्रमुखबाट पदमुक्त भएको भोलिपल्ट पोखराको एक होटलमा आयोजित भेटघाट कार्यक्रममा वोल्दै निवर्तमान प्रदेश प्रमुख कुंवरले प्रदेश सरकार संचालनको डेढ बर्ष पारा हुदा पनि स्वायक्त हुन नसकेकोमा गुनासो व्यक्त गरेका हुन् ।

संघिय सरकारबाट प्रदेश सरकार माथि लगाम लगाउने प्रयास भएको आसय व्यक्त गर्दै यसले गर्दा संघियताको प्रस्फुटीत, फुलीत र शुभासित हुन नसक्ने जनाए । प्रदेश स्वायक्त बिना प्रदेशको उन्नती नहुने निवर्तमान प्रदेश प्रमुख कुंवरले बताए । संवैधानिक व्यबस्था अनुसार आफु सहितको अन्य प्रदेश प्रमुखको नियुत्ति हुनु स्वभाविक भएको बताउदै निवर्तमान प्रदेश प्रमुख कुंवरले हालै नियुक्त भएका गण्डकी प्रदेशका प्रमुख लाई कार्यकालको सफलताको शुभकामना दिदै आफ्नो कार्यकालमा सहयोग गर्ने प्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरे ।

आफ्नो बाँकी काम पुरा गर्न प्रदेश प्रमुखलाई उनले आग्रह गरे । संविधानले प्रदेशको निर्वाचन भई सके पछि प्रदेशको निर्वाचन परिणाम बुझाउने व्यत्तित्व र संवैधानिक अंगको रुपमा प्रदेश प्रमुखलाई खोजि रहेको बताउदै उनले प्रदेश प्रमुख संवैधानिक उत्पती भएको जनाए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख कुवंर सहित आइतबार सातै वटा प्रदेश प्रमुखलाई पदमुक्त गराएकी थिइन्। गण्डकी प्रदेशका कार्यवहाक मुख्य मन्त्री किरण गुरुङको उपस्थितीमा उनले आफ्नो केही भनाई राख्दै पुनः पहिलाकै काममा फर्किने जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार