पोखरा, चैत्र ।
आठौं बृहत राष्ट्रिय खेलकुदका विभिन्न पाँच खेल बुधबारबाट सुरु भएका छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी वैशाख ५ गते नेपालगन्जमा हुने छ । नेपालगन्जको मुख्य रंगशाला फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश ५ को नेपालगञ्जमा गर्मी बढ्दै गएकाले आउटडोर भेन्युमा खेल्नुपर्ने विभिन्न खेल एक साता अघि नै थालिएको हो ।


आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका स्क्वास खेलहरु ललितपुरको सातदोवाटोमा सुरु भएको छ ।त्यसैगरी टेबल टेनिस, लनटेनिस, कुस्ती र हक्कीका खेलहरु पनि सुरु भएको छ । वैशाख ११ गतेसम्म औपचारिक रुपले चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ ।
मुलुकका सात प्रदेश, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र तथा गैर आवासीय नेपालीहरुको एक टोली गरी कुल ११ टोलीका ५ हजार २ सय ११ खेलाडीले आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३ सय ७२ स्वर्ण पदक, त्यती नै संख्यामा रजत पदक तथा ५ सय ६३ कास्य पदकका लागि भिडन्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार