सूर्य सिकारु/पोखरा
समय सधै एकैनास नुहँदो रहेछ । मानव जीवनमा उतारचढाव आरोह अवरोहसंगै बिभिन्न परिस्थीतीको सामना गर्नुपर्छ । दुर्गम क्षेत्रमा दैनिक जीवनयापन गर्नु उकाली ओराली गर्नु भिरपाखामा संगै खेल्नु, आफैमा जोखिमपूर्ण र चुनौतीपूर्ण हुन्छ । मानिस भएर जन्मेपछि हरेक परिवेशसंग घुलमिल हुनुपर्ने प्राकृतिक नियम पनि हो । सोचेजस्तो हुन्न जिवन भने झै प्रायः समयका अप्रत्यासित चोईटाले हानेर गतिलो पाठ सिकाएर जान्छ समय । समय सधंै एकैनास नहुँदो रहेछ । वास्तबमा मानिस समयको दासी रहेछ । प्रत्येक आम मानिसले आफ्नो जीवनमा बिभिन्न सपना तथा उद्देश्य बोकेको हुन्छ । मध्यम वर्गीय परिवारमा जन्म लिएपछि आर्थिक व्ययीभार र कठिनाई उत्तिकै रहन्छ । बिभिन्न समयचक्र र कालखण्ड व्यतित गर्दै झण्डै २० बर्ष बैदेशीक रोजगारीमा काम गरेर नेपाल फर्किएका र बैदेशिक क्षेत्रको काम र सीपलाई आफ्नै स्वदेशमा व्यवहारिक जीवनमा प्रयोगमा ल्याएर अबलम्बन गरिरहेका एक कुशल निर्माण व्यवसायी तथा सामाजिक व्यक्तित्व बुद्धि लामगादेसँग कुराकानीमा आधारित सम्पादित अंश ः
साबिकको ल्वाङ्घलेल गाबिस वडा नं. ५ र हाल माछापुच्छ«े गाउँपालिका वडा नं. ८ मा जन्मीएका ४७ बर्षिय बुद्धि लामगादे बुबा मैतलाल र आमा गौरीको कोखबाट २०३१ चैत्र १३ गते यस धर्तीमा जन्म लिए । पारिवारका कान्छा छोरा बुद्धि शान्त स्वभावका मिलनसार एवम् समाज सेवामा तथा सामाजिक भावनाले उत्प्रेरित भएका एक असल निर्माण व्यवसायीका रुपमा आफ्नो परिचय अगाडी बढाईरहेका छन् ।
माछापुच्छ«े गाउँपालिकाको दुर्गम ठाउँमा बालापन देखिनै गाउँका हरेक गतिबिधीमा चासो राख्थे । गाउँकै अगुवा बिष्णुप्रसाद गौतमको प्रयासबाट गाउँघरतीर हुने धान खेतमा रहेको गोठमा पढ्न सुरु गरे । त्यो बेला कक्षा १० पढेका शिक्षक खोजेर ल्याईएको थियो । बुद्धिको पहिलो पाठशाला गाउँको गोठ नै रहेछ । तिक्ष्ण क्षमता भएका बुद्धि अध्ययन गरेको ६ महिना मै कक्षा १ मा जान सफल भए । तत्कालिन घलेल प्रा.बि हुँदै गौरीशंकर नि.मा.वी. र हालको गौरीशंकर मनिलाल मा.बि मा पनि औपचारिक अध्ययन गरे । 
हालको बम बहादुर घलेल निमाबीमा २ कक्षामा भर्ना भई कक्षा ५ सम्म त्यही अध्ययन गरे । गौरीशंकर निमाबीमा कक्षा ६ र ७ पढेर भेडाबारी स्थीत बराहमा माबि माध्यामिक तहको कक्षा ८ र ९ अध्ययन गरे । कुराकानीकै क्रममा बुद्धि त्यतीबेला भेडाबारी पढ्दा खेरीको घटना सम्झेर थपे, साथी–साथी बीच झगडा भएपछि पढाई रोकिएको खुलासा गरे । किशोर अवस्थाको १६ बर्षमै उनको पढाई रोकिएको थियो । त्यसपछि गाउँमै झण्डै ४ बर्ष कृषि तथा खेतीपातीमा आबद्ध भए । उमेरको २० बर्षमा कास्कीको घान्द्रुकमा उनको प्रेम विवाह भयो । घान्द्रुककी सन्तमाया बि.कसंग हिन्दु परम्परा अनुसार बिवाह गरी बैवाहिक जीवनमा प्रवेश गरे । गाउँघरको उकाली ओराली खेतीपाती तथा दैनिकीसंगै थप व्यायीभार तथा जिम्मेवारी थपिदै गयो ।
बुद्धि लामगादे तत्कालिन ल्वाङ घलेल गाबिस वडा नं. ५ कालिमाटी गाउँकै लालिगुँरास युवा क्लबका संस्थापक अध्यक्ष पनि भए र ग्रामिण क्षेत्रका सामाजिक कार्यमा होमिए । युवा क्लबको अध्यक्ष भएपछि सामाजिक सेवामा सक्रिय हुँदै बिभिन्न सांस्कृतीक कार्यक्रम, नाचगान गरेर आर्थिक संकलन गरी गाउँकै खानेपानी, बाटो लगायतका क्षेत्रमा सहयोग गरेको उनी बताउँछन् । झण्डै १४ महिनाको प्रयास पछि बैदेशीक रोजगारीका लागि कतार हानिए, बैदेशिक रोजगारमा जाँदा लागेको ऋणको व्याज तिर्दा बुद्धि हैरानी समेत भए । बिदेश बसाईका क्रममा सुरुवातकालिन समयमा आम्दानी खासै बचेन । बिदेशमा रहँदा ठूलैै संघर्ष तथा दुःख खेप्नुपरेको अनुभव सुनाउँदै बुद्धि लामगादे भाबुक समेत भए । बिस्तारै काम सिक्दै जाँदा अलि सजिलो भयो । त्यतीबेला सर्टिङ मेशन कार्पेन्टर सम्बन्धी काम गरेको सुनाए । काममा दक्षता तथा सीप निपूर्ण भएपछि काम गर्ने कम्पनीले साईडको जिम्मा समेत दिएको सुुनाए । काम अनुसार पछिल्ला समयमा झण्डै कतारी २३ सय सम्म तलब थापेको र त्यतीबेला अपार आनन्द भएको समेत बताउँछन् । कतारको नासर रासीद अलकाबी कम्पानीमा सन १९९७ देखी २०१७ सम्म बिताए । बिदेश रहदाँको दुःख कष्ट स्मरण गर्दै बुद्धी भन्छन्–४०÷५० डिग्री तापक्रममा काम गर्दा निकै जोखिम र चुनौतीको सामना गरेको तितो अनुभव सुनाए । आफ्नो जीवनमा उत्प्रेरणाको स्रोत आदरणीय व्यक्तिको रुपमा भरतराज भण्डारीलाई गुरु मान्छन् । भरतराजप्रती कृतज्ञ एबम्

आभारी हुँदै थपे, उहाँकै देनले म आज यहाँ छु जस्तो छु यसको श्रेय भरतराज सरकै भएको बताए । बैदेशिक रोजगारबाट फर्केको ३ महिनामा माछापुच्छ«े निर्माण समिति हेमजामा आबद्ध भए । साधारण सदस्यका रुपमा प्रवेश गरेका बुद्धि हाल समितिमा सचिव भएर संस्था हाँकिरहेका छन् ।
निर्माण क्षेत्रमा सक्रिय बुद्धिले झण्डै १५ जना कामदारलाई नियमित रोजगार दिएका छन् । बुद्धि कन्स्ट्रक्सनका संचालक समेत रहेका बुद्धि लामगादे निर्माण क्षेत्रमा विकृती विसंगती हावी भएको र श्रमको उचित मृल्य तथा श्रमिकको हक अधिकारका लागि एक अभियान्ताको रुपमा आवाज बुलन्द गर्दै अगाडी बढेको खुलासा गरे । निर्माण क्षेत्र निकै संबेदनशील र गम्भीर भएकोले व्यवसायीक मर्यादा र इमान्दारीता पूर्वक काम गर्नुहुन सबै निर्माण व्यवसायीलाई सुझाव समेत दिए । गुणस्तर र क्वालिटीलाई एक कुशल व्यवसायीको नाताले अवलम्बन गर्नुपर्ने तर्फ जोड दिए ।
एक छोरा धिरन तिन छोरी सुस्मा, सुस्मिता, सलिनाका कुशल अभिभावक समेत रहेका बुद्धि आफू बिचैमा पढाई छोडेर दुःख संघर्ष गर्नुको पीडा आफ्ना सन्तानमा

नपरोस भन्दै निकै संघर्षका साथ छोरा धिरेन सिभिल इन्जिननियर पढ्दै छन् । छोरी सुस्मा प्लस टु सकेर बसेकी छिन् भने अर्की छोरी सुस्मीता ११ मा बिज्ञान बिषय पढ्दै छिन् भने कान्छी छोरी सलिना कक्षा ८ मा अध्ययनरत छिन् । छोरा छोरी अध्ययन सकेपछि आफूलाई केही हल्का महसुस हुने उनले बताए ।
जीवनको ४७ औं बसन्तमा हिड्दै गरेका बुद्धिलाई श्रीमती सन्तमायाको पनि उत्तिकै साथ छ । निकै कष्टकर र आरोह अबरोहका बीच संघर्षकै मैदानबाट उठेका उनकी आमा गौरीको चट्याङ लागेर अल्यायूमै मृत्यु हुँदा बिदेशमा रहेका कारण शोकमा आउन नसके पनि फर्केपछि हिन्दु संस्कार अनुसार क्रियाकर्म समेत गरेको त्यो बेलाको जीवनकै सबैभन्दा दुःखद् क्षण समेत रहेको उनले सुनाए ।
निर्माण क्षेत्रमा सक्रिय बुद्धि लामगादेको पोखरा २५ हेमजा मेलबोटमा सपरिवार स्थायी रुपमा बस्दै आएका छन् । अबका आउँदा दिनमा निर्माण व्यवसायलाई सुरक्षित र विश्वाशिलो बनाउँदै माछापुच्छ«े निर्माण समितिलाई शसक्त रुपमा अघि बढाउने उनको लक्ष्य छ । समितिमा आबद्ध भएका निर्माण व्यवसायीहरुलाई आधुनिक प्रबिधियुक्त तालिमका साथै गुणस्तरीय निर्माणमा कटिबद्ध गराउने योजना समेत रहेको उनले सुनाए ।



