बारा, सिम्रौनगढ नगरपालिका-६ स्थित बिधायक होटेलबाट मेड ईन युएसए लेखिएको म्याग्जिन सहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिन सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादब र सोही ठाउँ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् । उक्त होटलमा हतियार सहित २ जना व्यक्ति बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्र बहादुर क्षेत्रीलाई मेड ईन युएसए लेखिएको १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोली र १ थान खुकुरी सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रमाईलो र सशस्र प्रहरी बल सुरक्षा बेश शनिश्चरेबाट समेत खटिएको टोलीले उनको घरमा तलासी गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार