काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सिप्रदीमा नाम, थर र वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै उदयपुको त्रियुगा नगरपालिका ३ लच्का नजिक त्रियुगा खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका ५० वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।
यस्तै दोलखाको भिमेश्वर नगरपालिका ९ सुर्के बस्ने ६९ वर्षीय पदम बहादुर तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । उता काभ्रेको बनेपा नगरपालिका ६ उग्रेश्वर घाटस्थित पुण्यमाता खोलामा बनेपा नगरपालिका १० बस्ने ३६ वर्षीय सत्यनारायण मान्नधर पनि मृत अवस्थामा फेला परेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ खिरी बस्ने ५४ वर्षीय डिल्लीराम घिमिरे दिउँसो मृत अवस्थामा फेला परेका छन् । । यि सवै घट्नाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




