पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । भारत मोतिहारीकी २४ वर्षीय एक गर्भवति महलिाको शल्यक्रिया गरि बच्चा जन्माईएको हो । उनलाई यहि असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-32/
उनको आज दिउँसो १ः३१ बजे स्त्री तथा प्रसुति रोग विशिषज्ञ डा.चुममाया पुनको नेतृत्वमा सफल शल्याक्रिया गरिएको अस्पतालका निर्देशक सहप्रध्यापक डा.अर्जुन आचार्यले जानकारी दिएका छन् । बच्चालाई अस्पताल कै एनआइसियुमा राखिएको छ भने आमाको सामान्य अवस्थामा उपचार भैरहेको छ ।
http://googlepokhara-com.stackstaging.com/waling-pahiro/
उनको सि–सेक्सन अपरेरसन (Caesarean section) गरिएको हो ।




