पोखरा महानगरपालिकामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/public-bus-sewa/
निर्देशनालयका अनुसार पोखरा ९ का ४२ वर्षीय एक पुरुष र वडा नं. १० का ३२ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा ९ का ४२ वर्षीय एक पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा कार्यरत रहेका छन्, उनि काठमाण्डौबाट आएका बुझिएको छ ।
http://googlepokhara-com.stackstaging.com/covid-world-d-eath/
पोखरा १० का २ जना पुरुष भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणका लागि आएका बताईएको छ । यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ८२ पुगेको छ । उनिहरु मध्ये ३२ जनाको मृ-त्यु भएको छ भने २ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् ।




