सरकरले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेको कारण देखाउदै सरकारले स्थगित गरेको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर २७ गते सो निर्वाचन गर्न निर्देशन दिएको छ ।

http://googlepokhara-com.stackstaging.com/gov-news-4/
यसैबिच नेपाल र चीनमा प्रकाशन भएका एक–एक सय सांस्कृतिक तथा अन्य महत्वपूर्ण पुस्तक नेपाली र चिनियाँ भाषामा प्रकाशन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल र चीनबीच साँस्कृतिक महत्व रहेका १ सय किताव अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिने निर्णय गरेको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-nepal-21/
नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता हुने भएको छ । मन्त्रिपरिषदको बैठकले इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यलाई नेपाल सरकारको तर्फबाट इजरायल सरकारसँग श्रम सम्झौता गर्न अनुमति दिने निर्णय गरेको छ । जि टु जी सम्झौता मार्फत इजरायलमा केयर गिभरका काममा लागि महिला कामदारलाई पठाइने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सरकार मार्फत गएका नेपाली कामदारलाई त्यहाँका कामदारले झै समान तलब सुविदा हुने उनले बताए ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-4-2/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार