सिन्धुपाल्चोक र बाग्लुङलाई सरकारले विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले पहिरोबाट प्रभावित यि जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-nepal-21/
यसैबिच सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् । मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटर भित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको बताए ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-4-2/
चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष सम्मिलित टोलीले स्थलगत अनुगमन गरेर फर्केको छ । २०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि बिरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताएका छन् ।

http://googlepokhara-com.stackstaging.com/exam-ko-tayari/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार