गण्डकी प्रदेशमा आज ४४ जना नयाँ संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको ५४३ नमुना परिक्षणमा ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/karnali-province/
निर्देशनालयका अनुसार आज ४९ जना निको भएर डिस्चार्ज भएका छन् । ४९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज सवैभन्दा धेरै कास्कीमा १९ जनामा कोरोना संक्रमण भएको छ । यस्तै नवलपुरमा ९ जना, तनहुँ र लमजुङ्मा ६–६ जना, पर्वतमा ३ र बाग्लुङ्मा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/lamjung-coivd/
यससंगै प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ५२३ पुगेको छ भने, उनिहरु मध्ये २ हजार २६८ जना निको भएका छन् । हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार