यो बर्षको राष्ट्रिय सामाजिक सेवा दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ । २०३४ साल असोज ६ गते समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारि यो दिवस मनाउन थालिएको हो । सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले परिषद्को स्थापना गरिएको हो ।
समाज सेवामा नागरीकहरुको आकर्षण तथा नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो । सरकारले मंगलबार ‘सामाजिक क्षेत्र ः राष्ट्रिय गौरव, आजको आवश्यकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नाराका साथ यो दिवस मनाउन लागेको हो ।
http://googlepokhara-com.stackstaging.com/dr-kc-2/
यसैबिच गण्डकी प्रदेशमा क्रियाशिल गैरसरकारी संघसंस्थाहरुको साझा संस्था गैरसरकारी संस्था महासंघ गण्डकीले पनि सप्ताहव्यापी कार्यक्रम गरि यो दिवस मनाउने तयारी गरेको छ । दिवसका अवसरमा साताभर छलफल, अन्तरसंवाद, मनोपरामर्श लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको अध्यक्ष बिना कुमारी सिलवालले जानकारी दिईन् ।
गैरसरकारी संस्था महासघं नेपालका महासचिव रामप्रसाद सुवेदीले नागरिक संगठनहरुको विषयमा प्रर्याप्त मात्रामा कानुनहरुको व्यवस्था नभएको बताए । ति संगठनहरुको वर्गिकरण आवश्यक रहेको बताएका उनले यसलाई राजनीतिक फेरोबाट अलग्गै राख्नु पर्ने बताए । नागरिकको बौद्धिक क्षमतालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राज्यले ग्रहण गर्नुपर्ने सुवेदीले बताए ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-38/
कास्कीमा १५० संस्थाहरु कार्यरत रहेका छन् भने गण्डकी प्रदेशमा भने ४५० बढि संस्थाहरु क्रियाशिल रहेका महासंघले जनाएको छ । मुलुकभर सामाजिक क्षेत्रमा ४६ हजार बढि संस्थाहरु दर्ता भएका सरकारले जनाएको छ । तर, निरन्तर नविकरण हुनेको संख्या भने असाध्यै न्युन रहेको छ ।




