गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा गण्डकीका विभिन्न जिल्लाहरुमा एकै पटक ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-death-19/
विवरण अनुसार कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं. ६ मा १ जना र रुपा गाँउपालिका वडा नं. २ का १ र १ का २ जना, तनहुँको शुक्लागण्डकीमा १७ जना, बाग्लुङको ढोरपाटन नगरपालिकामा १४ जना, गोरखामा १र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/domestic-airlines-sewa/
बाग्लुङको ढोरपाटन १ का ब्यक्तिहरु नेपाल बैंक लि., हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा.कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के, धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत रहेका छन् । ढोरपाटन ४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक ६ का ३३ बर्षीय पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार