भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बन्द रहेको आन्तरिक उडानहरु आजदेखी सुचारु भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गरेपछि झण्डै ६ महिना बन्द रहेको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको हो । आज बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज ७ महिनापछिको पहिलो आन्तरिक उडान बनेको छ ।
http://googlepokhara-com.stackstaging.com/weather-news-26/
यस्तै सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो । आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुनेछ ।
http://googlepokhara-com.stackstaging.com/paraglading-pokhara/
पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्यन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।




