पोखरा महानगरपालिकामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाइम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु मध्ये एक जना पोखरा विश्वविद्यालयमा कार्यरत चिकित्सक रहेका छन् ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-51/
विवरण अनुसार पोखरा महानगरपालिका वडा नं.४ का ४०, १८ र ४१ वर्षीय पुरुष र ७१ वर्षीय एक महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै पोखरा ७ का ४७ वर्षीय एक पुरुष, पोखरा ८ का ३५, २८ र २८ वर्षका ३ जना पुरुषमा समेत कोरोना पुष्टि भएको छ । पोखरा ३० का २१ वर्षीय एक पुरुष, पोखरा १२ का २४ र ५४ वर्षीय २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
http://googlepokhara-com.stackstaging.com/constitutation-day/
निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं.२७ का २९ वर्षीय एक पुरुष र पोखरा ६ का ३४ वर्षीय अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार