आज नेपालमा संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयता सहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै आज संविधान दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह गरिएछ ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-15/
सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी भएका छन् ।सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देश सहित देशवासीका नाममा सम्बोधन गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा संविधान दिवस मनाईएको हो । अघिल्ला वर्षहरुमा मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी, कलाकार लगायत पनि सहभागी हुने गरे पनि यस वर्ष उनीहरुलाई समारोहमा बोलाइएको छैन् । सरकारले घरमै बसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।




