कर्णाली प्रदेशमा आज ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/pokhara-pradarshan/
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा सुर्खेतका ६४, दैलेखका ९ जना, जाजरकोटका ६ जना, सल्यानका १ जना, डोल्पामा ३ जना, हुम्लामा १ जना र रुकुम पश्चिममा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै कालिकोटका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add-74/
कैलालीका ३ जना, बाँकेका ३ जना, बर्दियाका २ जना, कंचनपुरका २ जना र अछामका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पाल्पा, रोल्पा र सर्लाहीका १ १ जनामा कोरोना देखिएको छ । उता दैलेह अस्पतालमा गरिएको नमुना परिक्षणमा दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३ हजार ३४ पुगेको छ । ३१४ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।



