आज देशभरका अदालतहरुमा बिदा दिईएको छ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिइएको हो । सर्वोच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च सहित देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-add-27/
सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलद्धारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-2/
सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार