कर्णाली प्रदेशमा आज ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा सुर्खेतका १३ र सल्यानका ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
http://googlepokhara-com.stackstaging.com/nepal-covid-4/
यस्तै दैलेखका १ जना, जाजरकोटका १ जना उदयपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै चौरजहारी नगरपािलका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको नमुना परिक्षणमा रुकुम पश्चिमका १ जनामा कोरोना देखिएको हो । यता दैलेख अस्पताल दैलेखमा गरिएको नमुना परिक्षणमा दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-29/
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १४ पुगेको छ । २६२ जना संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।



