पोखरा महानगरपालिकामा ७ जना प्रहरी सहित एकै पटक १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/covid-world-news-2/
निर्देशनालयले जनाए अनुसार पोखरा महानगरपालिका वडा नं. ४ र १७ मा कार्यरत ७ जना प्रहरी र एक जना २७ वर्षीय पुरुषमा कोरोना देखिएको हो । संक्रमित प्रहरीहरुको उमेर २३ देखी ४५ वर्ष रहेको छ । पोखरा ३३ का २३ वर्षीय एक पुरुष, पोखरा पोखरा १४ का ६ वर्षीय बालक सहित ३ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण भएको हो ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-28/
यस्तै पोखरा ७ का ४४ वर्षीय एक पुरुष र पोखरा ८ की २१ वर्षीय एक महिला रहेका छन् । ति महिला पोखरा महानगरपालिकामा कार्यरत एक स्वाथ्यकर्मी रहेको निर्देशनालयले जनाएको छ ।



