असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय सरकारले गरेको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-pradarshan-hune/
तर, सीमा नाकाहरू भने तत्काल नखुलाउने निर्णय सरकारले गरेको छ । गत चैत १० गतेदेखि लामो दुरीको यातायात बन्द छन् । त्यस्तै, चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ । अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्त सहित खुलिसकेको छ ।

http://googlepokhara-com.stackstaging.com/ghising-news/
यसैबिच सोमबारको मन्त्रीपरिषद बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको हो । भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस एक जना सांसदको स्थान गत फागुन २० गतेदेखि खाली छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-add/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार