कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगेपनि आजको मन्त्रीपपिषद बैठकमा यो प्रस्तावले प्रवेश नपाएको हो । आजको बैठकमा कुलमानको विषयमा कुरै नउठेको स्रोतले बताएको छ ।

http://googlepokhara-com.stackstaging.com/gandaki-coivd-add/
बैठक सकिनै लाग्दा उर्जामन्त्री वर्षमान पुनले ‘मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू’ भनेपनि प्रधानमन्त्रीले कानूनअनुसार बुझौंला मात्र भनेको समाचारमा जनाइएको छ । उर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए ।

http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add/
तर, प्रधानमन्त्रीले यो प्रस्तावलाई सोमबारको एजेण्डा मै नचढाएका हुन् । कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन् । स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले यसअघिदेखि नै अनिच्छा प्रकट गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार