गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपािलकाका १९ गरि प्रदेशमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/karnali-covid-5/
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७ जना प्रहरी सहित १७ जना र बाग्लुङको बडिगाड गाँउपालिका वडा नं. १ मा २२ वर्षीय एक पुरुष र वडा नं. ५ मा ६० वर्षीय अर्का पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बाग्लुङका ति संक्रमितहरु विदेशबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए ।

http://googlepokhara-com.stackstaging.com/weather-news-22/
यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । हालसम्म १ हजार ८७८ जना डिस्चार्ज भएका छन् । २८ जनाको मृ-त्यु भएको छ ।



