गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/gandaki-covid-add/
ति प्रयोगशालाहरुमा १ हजार ८८ बढि नमुनाहरु परिक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा १७ जना निको भएर घर फर्किएका छन् । ९९५ वटा नमुनाको नतिजा नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । प्रदेशमा आज दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनिहरु दुवै जना नवलपुरका रहेका छन् ।
गण्डकी प्रदेशको कास्कीका आज सवै भन्दा धेरै ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तनहुँमा १८ जना, गोरखामा ९ जना, नवलपुरमा ६ जना, लमजुङ्मा ३ जना, बाग्लुङ्मा २ र स्याङ्जामा १ जनामा कोरोना भाइरसको संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-add-gandaki/
गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ८ सय ९५ जना निको भएका घर फर्किएका छन् । मृत्यु हुनेको संख्या २९ पुगेको छ । कुल संक्रमितको संख्या ३ हजार ६४ जना पुगेको छ ।



