पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
http://googlepokhara-com.stackstaging.com/coivd-gandaki/
प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं. ८, १०, ११ का ५ जना, दैलेखको नोमुले गाउँपालिका वडा नं.१ का १ जना र सिराहको विष्णुपुर गाउँपालिका वडा नं. ३ का १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परिक्षणमा जुम्लाको तिला गाउँपालिका वडा नं. ७ का १ र चन्दननाथ नगरपालिका वडा नं.२ का १ जनामा कोरोना पुष्टि भएको हो । उता चौरजहारी नगरपालिका पिसिआर परिक्षण प्रयोगशाला रुकुम पश्चिममा गरिएको कोरोना परिक्षणमा रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

http://googlepokhara-com.stackstaging.com/covid-d-eath-world-news-2/
यससंगै प्रदेशमा २ हजार ७ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



