आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

http://googlepokhara-com.stackstaging.com/ctwn-covid-19-7/
दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

http://googlepokhara-com.stackstaging.com/covid-19-world-d-eath/
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। साथै पश्चिम बंगाल नजिक न्युन चापिय क्षेत्रको पनि विकास भएको छ । अहिले देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार